Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

नेपालमा सूचना र प्रविधिको विकास र विस्तारलाई संस्थागत रुपमा अगाडि बढाउनका लागि वि.स. १९९२ सालमा काठमाण्डौमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को स्थापना भई यस क्षेत्रको विकास र विस्तारमा अग्रणी भूमिका खेलिरहेको जानकारी गराउन चाहन्छौ । यसैगरी कम्प्यूटर एसोसिएसन अफ नेपाल (CAN Kaski) कास्की को स्थापना २०६५ सालमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता नम्बर २०७१/०६५/०६६ मा दर्ता गरियो पछि २०७२ मा कम्प्यूटर एशोसिएशन नेपाल, महासंघ (CAN Federation) मा रुपान्तरीत भयो । महासंघमा रुपान्त्रण भएसंगै यस शाखा उत्कृष्ट जिल्ला शाखाको रुपमा स्थापित हुन सफल भएको छ ।

२०६५ सालमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता नम्बर २०७१/०६५/०६६ मा दर्ता गरियो पछि २०७२ मा कम्प्यूटर एशोसिएशन नेपाल, महासंघ (CAN Federation) मा रुपान्तरीत भयो ।

सूचना तथा संचार र प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यका साथ स्थापित यो संस्था सञ्चार प्रविधि क्षेत्रका प्रध्यापक, विशेषज्ञहरु, व्यवसायी, सफ्टवयर उत्पादक, शैक्षिक संस्थाहरूको एक गैरराजनीतिक र गैरनाफामुलक साझा संगठन हो । क्यान महासंघको रुपान्तरण संगै हाल देशभर सातवटै प्रदेशमा प्रदेश स्तरिय प्रदेश महासंघ स्थापना भई यस गण्डकी प्रदेशमा क्यान महासंघ गण्डकी प्रदेश र यस प्रदेशमा रहेका ११ वटै जिल्लामा जिल्ला शाखाहरु गठन भएका छन ।