Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो

News & Events CAN-Kaski Activities

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीद्वारा सह-आयोजनामा यही फाल्गुन ५ देखि ८ गतेसम्म पोखराकाे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘आठौं जेरक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ हुने भएको छ । मोफसलमा निरन्तर ८ वर्षदेखि क्यान कास्कीले इन्फोटेक मेला गर्दै आएको छ । यस पटक पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघसँग सहकार्य गरी माेबाइल एक्स्पाे पनि हुने भएकाले ८अाैं संस्करणाकाे याे मेला भव्य र विशेष हुने अपेक्षा गरिएको छ । आज पोखरामा प्रेस मिट गर्दै क्यान कास्कीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । मेलामा सूचना प्रविधि तथा सञ्चार सम्बन्धी विभिन्न कम्पनीका १ सय २५ वटा स्टलहरु रहने छन् । जेरक्स कम्पनीको मुख्य प्रायोजन रहेको यो मेलामा डायमन्ड स्पोन्सरका रुपमा रिको, गोल्ड स्पोन्सरको रुपमा पोखरा इन्टरनेट, सिल्भर स्पोन्सरको रुपमा नेटिस र हिटाची, टिकेट स्पोन्सरमा एक्सेस वल्र्ड, बैंकिङ पार्टनरमा नेपाल बैंक रहेका छन् । त्यसैगरी इन्सुरेन्स पार्टनरमा युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनरमा चिठ्ठा डटकम, आइटी पार्टनरमा आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल, प्रिन्टिङ स्पोन्सरमा क्यानोन रहेका छन् । यसैबीच माेबाइल एक्स्पाेमा नेपालमा विस्तार भएका चर्चित ब्राण्डहरूकाे उपस्थिति हुने छ । सूचना प्रविधिको विकास एवं प्रवद्र्घनको लागि स्थापनाकालदेखि निरन्तर रुपमा काम गर्दै आएको क्यान महासंघले आफ्ना गतिविधलाई जिल्लाव्यापी बनाउदै आएको छ । योक्रममा पश्चिमाञ्चल क्षेत्रमा क्यान कास्कीले वर्षेनी इन्फोटेकलगायतका गतिविधि गर्दै आएको छ । करिब १ लाख दर्शकले अवलोकन गर्ने आंकलन गरिएको छ ।

About autor

Ishwor Raj Chalise Front End.

This news "क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो" has been uploaded by Ishwor Raj Chalise on 2018-07-01 03:06:14.
Share this news