Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / ‘आइसीटी क्षेत्रमा रमाउनेहरुका लागि सुनौले प्लेटफर्म हो क्यान इन्फोटेक’

News & Events CAN-Kaski Activities

‘आइसीटी क्षेत्रमा रमाउनेहरुका लागि सुनौले प्लेटफर्म हो क्यान इन्फोटेक’

रुक्मागन भण्डारी विश्वास उपाध्यक्ष, क्यान महासंघ कास्की एवं प्रचारप्रसार संयोजक, नवौं क्यान इन्फोटेक क्यान महासंघ कास्कीका वार्षिक कार्यक्रम मध्यको एउटा महत्वपूर्ण मेघा इभेन्ट क्यान इन्फोटेक हो । यसको मुख्य उद्देश्य सूचना तथा प्रविधी क्षेत्रमा भइरहेका नविनतम गतिविधीहरुलाई एउटै छानामुनीबाट प्रदान गर्नुका साथै प्रतिस्प्रधात्मक बजारको सृजना गरी सुपथ मूल्यमा गुणस्तरीय आइटी प्रोडक्टहरुको बिक्री तथा वितरण गर्नु हो । क्यान इन्फोटेक केन्द्रमा २४ औं पटक निरन्तर भव्य रुपमा सफल भएको छ । मोफसलमा २०६६ सालदेखि निरन्तर आठौ क्यान इन्फोटेक भव्य रुपमा सफल पारी नवौ इन्फोटेकको अन्तिम तयारी स्वरुप लागिरहदा हामीले ठूलो परिवर्तन भएको महशुस गरेका छौं । सुरुका वर्षहरुमा क्यान इन्फोटेक गर्न हाम्रा सामु धेरै चुनौतीहरु भएपनि अहिले हामी सबै व्यवस्थापनका पाटाहरुमा परिपक्क भएको महशुस गरेका छौं । तपाईं हामी सैबलाई थाहा भएको कुरा हो कि यो क्षेत्र अति नै तिव्र रुपमा परिर्वतन भइरहने क्षेत्र हो । यो क्षेत्रमा यति छिटो परिवर्तन हुन्छ कि तपाईं हामी पनि अपडेट हुन सकेनौं भने पछाडि पर्दछौं । तसर्थ क्यान इन्फोटेकको मुख्य उद्देश्य पनि अघिल्ले इन्फोटेकदेखि यो इन्फोटेकसम्म आइसिटी क्षेत्रमा भएका परिवर्तनहरुलाई प्रदर्शनी गर्ने हाम्रो प्रयास हो । बिगतका वर्षहरु भन्दा यो वर्ष मेलालाई थप आकर्षक र मनोरन्जनात्मक बनाउन हामीले विभिन्न इभेन्टहरुलाई जोड्ने प्रयास गरेका छौं । जसमा आइसिटी कन्फरेन्स, जिल्ला प्रदेश स्तरीय टाइपिङ प्रतियोगिता, इन्टर कलेज क्विज कन्टेष्ट प्रतियोगिता, रोर्वट प्रदर्शन, लेटेस्ट टेक्नोलोजीका ल्यापटप, प्रिन्टर, राउटर, मोबाइल तथा सम्पूर्ण लेटेस्ट आइसिटी प्रोडक्टहरुको प्रदर्शनी एवं बिक्री साथमा फ्री कम्प्युटर ल्यापटप मर्मत, ल्यापटप एक्सजेन्ज अफर आदिजस्ता महत्वपूर्ण ज्ञानवर्दक र मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिने भएकाले आइसिटी क्षेत्रमा रमाउन चाहानेहरुका लागि एउटा सुनौलो प्लेटफर्म तयार भएको महशुस गरेका छौं । आजका दिनसम्म आइपुग्दा मेलाको अन्तिम तयारी स्वरुपमा लागिरहेका छौं भने मेलामा १ सय २० वटा स्टलहरु रहने छन् भने यस मेलालाई भव्य रुपमा सफल पार्नका लागि विभिन्न मिडियाहरुमार्फत प्रचार प्रसारको कामलाई तिव्र बनाएका छौं । यसैगरी इन्फोटेक सफल पार्न प्रायोजकहरुबाट उत्साहजनक साथ हामीलाई मिलेको छ । इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको छ ।

About autor

Ishwor Raj Chalise Front End.

This news "‘आइसीटी क्षेत्रमा रमाउनेहरुका लागि सुनौले प्लेटफर्म हो क्यान इन्फोटेक’" has been uploaded by Ishwor Raj Chalise on 2018-07-01 03:12:23.
Share this news