Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा सम्पन्न

News & Events CAN-Kaski Activities

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ । सृजनाचोक स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा संस्थाका अध्यक्ष श्री युवराज पौड्यालको सभापतित्व र संस्थाका उपाध्यक्ष रुक्मागत भण्डारी विश्वासु को सयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक कानून तथा मामिला मन्त्री हरि बाहादुर चुमान प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने क्यान महासंघका केन्द्रिय सचिव तथा यसै संस्थका संस्थापक अध्यक्ष जगन बाहादुर गुरुङ्ग र केद्रिय सदस्य अशोक बाबू राना केद्रिय प्रतिनिधीको रुपमा रहनु भएको थियो। त्यस्तै गरेर उद्योग बाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापति ,क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणी वास्तोला तथा वस्तगत संघका अध्यक्षहरु अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । आइ.टी को प्रयोग गरि उद्घाटन गरिएको कार्यक्रममा क्यान अंकित केक काटी वार्षिकोत्सव सेलिब्रेसन गरिएको थियो । कार्यक्रममा अध्यक्ष पौड्याले यस वर्षमा संस्थाका विभिन्न गतिविधीहरुमा संयोजन गर्नुहुने संयोजक ज्यू हरुलाइ मायको चिनो प्रदान गर्नुका साथै क्यान इन्फोटेक २०१८ मा उत्कृष्ट संयोजन गर्नुहुने संस्थका उपाध्यक्ष नविन पौड्यालाइ मायाका चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो साथै संस्थामा उत्कृष्ट गतिविधी गर्ने सनराइज कम्प्युटर इन्च्टिच्युट, ग्लोवल आइ टी एजुकेशन र सेगा कम्प्युटर लिकलाइ सम्मान गरिएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री चुमनले सुचना र प्रविधीको विकासमा क्यानको भूमिका महत्वपूर्ण रहेका बताउदै आइ सी टी विकासका लागि क्यान कास्की संग सहकार्य गदै अगाडि बढ्ने धारण व्याक्त गर्नुभएको थियो । भने संस्थका संस्थापक अध्यक्ष जगन बाहादुर गुरुङ्ग र केद्रिय सदस्य अशोक बाबू राना , उद्योग बाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापति, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणी वास्तोला मदिरा व्यावशाय संस्थका अध्यक्ष तारानाथ ढुङ्गाना पुर्व अध्यक्ष चण्डीप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो धन्यवाद मन्तव्य संस्थाका पुर्व अध्यक्ष गुणानिधि पाण्डेले गर्नु भएको थियो । वार्षिकोत्सवको समापन संगै एघारौ साधरण सभा सुरुवात भएको थियो साधरण सभामा सचिव विकास भुर्तेले पेश गर्नुभएको वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष राजेन्द्र तिवारीले पेश गर्नुभएको कोषाध्यक्षको आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक कष्णराज पोखरेले पेश गर्नुभएको लेखा समितिको प्रतिवेदन शिक्षा समिति संयोजक घननाथ सापकोटाले पेश गर्नुभएको शिक्ष समितिको प्रतिवेदन सर्वसम्मतिले पास गरिएको थियो ।

About autor

Ishwor Raj Chalise Front End.

This news "कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा सम्पन्न" has been uploaded by Ishwor Raj Chalise on 2018-09-05 04:12:27.
Share this news