शुभकामना आदान प्रदान तथा टेवल क्यालेण्डर विमोचन समारोह कार्यक्रम
![](https://cankaski.org.np/wp-content/uploads/2022/07/4.jpg)
यस कम्प्युटर एशोसियसन महासंघ, कास्की शाखाले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम अन्तर्गत नव वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा टेबल क्यालेण्डर विमोचन समारोह मिति २०७८।०१।१० गते शुक्रबार विहान ७ः३० बजे गाउँघर क्याफे, सिर्जनाचोक, पोखरामा क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारीको अध्यक्षता गर्नु भएको थियो भने उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव तथा सस्थापक अध्यक्ष श्री जगन वहादुर गुरुङ ज्यू प्रमुख अतिथीको रहनु भएको । उक्त कार्यक्रममा क्यान महासंघ कास्कीका प्रथम उपाध्यक्ष श्री आषिश गुरुङ ज्यू क्यालेण्डर विमोचन कार्यक्रम संयोजक रहनु भएको थियो भने र क्यान महासंघ कास्कीका कार्यसमिति सदस्य सुरेश सापकोटा शुभकामना आदानाप्रदान कार्यक्रमको संयोजक रहनु भएको थियो