आइसिटी अत्तरक्रिया कार्यक्रम
क्यान महासंघ कास्की शाखाको आयोजनामा सुदुर पश्चिमाञ्चल एकेडेमी (धनगढी २, सन्तोषी टोल) का कक्षा १२ (कम्प्युटर विज्ञान) अध्ययनरत विद्यार्थीहरुसंग आइसिटि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । क्यान महासंघ कास्की शाखाका अध्यक्ष श्री दुधमान गुरुङको अध्यक्षता र क्यान महासंघका सदस्य श्री चिन्तामणि बाँस्तोलाको प्रमुख आतिथ्यतामा मिति २०८० मंसिर २१ गते पोखराको न्यूरोड स्थित रोयल प्यालेसमा ९४ जना विद्यार्थी र ३ जना शिक्षकको उपस्थिती थियो । उक्त टोलिले शैक्षिक अवलोकन भ्रमणको क्रममा क्यान महासंघ कास्की शाखा पनि भ्रमण गरेको थियो ।
कार्यक्रममा आईसिटि विद्यामा सहजिकरण र विषयबस्तु प्रस्तुत र विद्यार्थीहरुसंग अन्तरक्रिया क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष श्री चण्डी प्रसाद अर्यालले गर्नु भएको थियो भने एकेडेमिको तर्फबाट एकेडेमि क्रियटिभ कोडिनेटर श्री तारा प्रसाद रोनियार, क्यानको तर्फबाट प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुँबर, सदस्य श्री बालाकृष्ण न्यौपाने लगायतले बोल्नु भएको थियो ।
प्रमुख अतिथि क्यान महासंघका सदस्य श्री चिन्तामणि बाँस्तोलाले समग्र क्यानको बारेमा बोल्नु भएको थियो भने कार्यक्रमको समापन संस्थाका अध्यक्ष श्री आशिष गुरुङले गर्नुभएको थियो ।