Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

कम्प्युटर हार्डवयेर तथा नेटवर्क टेक्निसियन लेवल २ सीप परिक्षण परिक्षा सम्पन्न

कम्प्युटर एशोसियसन नेपाल महासंघ, कास्कीको समन्वयमा गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको भौचर प्रणालीमा आधारित सीप (RECOGNITION OF PRIOR LEARNING) परिक्षण विधिबाट गरिने सीप परिक्षण अन्तर्गत कम्प्युटर हार्डवयेर तथा नेटवर्क टेक्निसियन लेवल २ परिक्षा मिति २०८०१११६ गते सम्पन्न भएको छ । पोखराका विभिन्न सूचना तथा सञ्चार प्रविधि सेवामा आबद्ध १९ वर्ष भन्दा माथिका टेक्निसियनहरुलाई निःशुल्क सीप परिक्षण गराउने उद्देश्यले यसै संस्थाका कार्य समिति सदस्य श्री हरि कृष्ण शर्माको संयोजकत्वमा प्रतिव्यक्ति रु १२,५०० परिक्षण शुल्क निःशुल्क गरिएको छ । उक्त सीप परिक्षणबाट पोखराका विभिन्न आई सि टी संस्थामा कार्यरत २५ जना सीपयुक्त सञ्चालक एवम् कर्मचारी प्रत्यक्ष लाभान्वित भएका थिए ।