Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

पोखरामा भोलीदेखी क्यान इन्फोटेक:विश्वविख्यात युएनभिको सहकार्य

हिमाली आवाज । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नवीनतम आविष्कारहरूलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने १३ औँ क्यान इन्फोटेक २०८२ को तयारी पूरा भएको छ ।

यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा क्यान इन्फोटक आयोजना हुँदैछ । यस बृहत् मेलाको टाइटर स्पोन्सरको जिम्मेवारी विश्वविख्यात डिजिटल सेक्युरिटी उत्पादक कम्पनी UNV (युएनभि)ले लिएको छ, जसले आयोजक क्यान कास्कीसँग सहकार्य गरेको छ।

पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिसरमै क्यान महासंघ कास्कीको सहकार्यमा यो प्रविधि प्रदर्शनी सञ्चालन गर्न लागिएको हो।
क्यान कास्कीका सचिव दामोदर डुम्रेका अनुसार, यस बृहत् मेलाको एक महत्वपूर्ण अंशका रूपमा क्यान इन्फोटेकलाई उभ्याउनुले प्रविधि र उद्योग व्यापारबीचको अन्तरसम्बन्धलाई थप मजबुत बनाएको छ। संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाका लागि यसपटक सीमित संख्यामा मात्र स्टल राखिएको बताउनुभयो ।