पोखरामा १३औँ क्यान इन्फोटेकको तयारी पूरा, सुरु हुनुअगावै सबै स्टल बुकिङ
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नवीनतम आविष्कारहरूलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यका साथ पोखरामा आयोजना हुन लागेको १३औँ क्यान इन्फोटेक २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही मंसिर १७ देखि २१ गतेसम्म चल्ने मेलाका सबै स्टलहरू बुकिङ भइसकेका छन् । आयोजकका अनुसार सोमबार बेलुका ६ बजेसम्म नै मेलाका सम्पूर्ण स्टलहरू सफलतापूर्वक बुक भइसकेका हुन् ।

