Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

सम्मेलन कार्यक्रम

क्यान महासंघ कास्की शाखाले संस्थाका अध्यक्ष श्री दुधमान गुरुङको अध्यक्षता र प्रदेश सांसद बेद बहादुर गुरुङको प्रमुख आतिथ्यतामा ग्यालेक्सी ब्याङ्क्वीट, पोखरा १७, बिरौटामा “समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार” भन्ने मुल नाराका साथ मे २ (आइसिटी डे – वि.सं. २०८१ बैशाख २०) मा  Digital Transformation सम्बन्धी १ दिने सम्मेलन सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रममा ३ बटा कार्यप्रत्रहरु पेश गरीएको थियो । जसमा Introduction to AI and Digital Marketing बिषयमा बिश्वराज पौडेल, Cyber Security मा प्रहरी निरिक्षक तिलक मानन्धर र Digital Transform बिषयमा चन्द्रकाला बस्नेतले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, अन्नपुर्ण गाउँपालिका, माछापुछ«े गाउँपालिका र रुपा गाउँपालिकाले आर्थिक सहयोग रहेको थियो । सरकारी कार्यालयका कम्प्युटर प्राविधिक अधिकृत, कम्प्युटर अपरेटर, क्यान महासंघ कास्कीका सदस्य, कम्प्युटर शिक्षकहरु तथा बिद्यार्थीहरु गरी १०३ जनाको उपस्थीति रहेको कार्यक्रमको संयोजकमा क्यान कास्कीका कार्यसमिति सदस्य दिपकराज गिरी गर्नुभएको थियो भने कार्यक्रको संचालन क्यान कास्कीका सचिव महेन्द्र भुर्तेलले गर्नुभएको थियोे ।