पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नवीनतम आविष्कारहरूलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने १३औँ क्यान इन्फोटेक २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
यस वर्षको प्रदर्शनी यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा-९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ। यस बृहत् मेलाको शीर्षक प्रायोजक (Title Sponsor) को जिम्मेवारी विश्वविख्यात डिजिटल सेक्युरिटी उत्पादक कम्पनी UNV ले लिएको छ, जसले आयोजक क्यान कास्कीसँग सहकार्य गरेको छ।

