वार्षिक साधारण सभा तथा वार्षिक उत्सव सम्पन्न
क्यान महासंघ कास्की शाखाको १६ औं वार्षिक साधारण सभा तथा ९ वार्षिक उत्सव २०८० भाद्र १६ गते शनिवार ग्यालेक्सी ब्याङ्क्वीट, पोखरा १७, बिरौटामा संस्थाका अध्यक्ष श्री दुधमान गुरुङको अध्यक्षता सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको खुल्ला सत्रमा प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराका प्रमुख सचिव श्री लक्ष्मी कुमारी बस्नेत, क्यान महासंघ नेपालका सदस्य तथा केन्द्रिय प्रतिनिधी श्री चिन्तामणी बास्तोला, क्यान महासंघ नेपालका सदस्य श्री तुलसीराम पाण्डे, संस्थाकापूर्व अध्यक्षहरु लगायत संस्थाका पदाधिकारी र सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । प्रमुख आतिथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराका प्रमुख सचिव श्री लक्ष्मी कुमारी बस्नेतले उक्त कार्यक्रमका लागि शुभकामना मन्तव्य दिनुभएको थियो । क्यान कास्कीको १६ औं वार्षिक उत्सवको पूर्व सन्ध्यामा भाद्र १५ गते शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने भाद्र १६ गते केक काटेर मनाइएको थियो । साथै साधारण सभाले सचिव श्री महेन्द्र भुर्तेलले प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष श्री रुद्रनाथ न्यौपानेले प्रस्तुत आर्थिक प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक श्री मुकुन्द योगीले प्रस्तुत गर्नुभएको प्रतिवेदन, लेखा समिति संयोजक श्री कुन्दन कुमार मल्लिकले प्रस्तुत गर्नुभएका प्रतिवेदन छलफल गरि पारित गरेकोे थियो ।