Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

क्यान र मणिपाल शिक्षण अस्पताल बिच स्वास्थ्य परिक्षण सम्झौतामा हस्ताक्षर

कम्प्युटर एसोसिएसन नेपाल महासंघ, कास्की शाखा र मणिपाल शिक्षण अस्पताल बिच सहुलियत पूर्ण स्वास्थ्य परिक्षण गर्ने सम्बन्धि सहमति पत्रमा मिति २०८० पुष २४ गते मंगलबार मणिपाल शिक्षण अस्पताल, फुलबारी ११, पोखरा को तर्फबाट अख्तियार प्राप्त व्यक्ति श्री अनिल ओडूविल (सि.ई.ओ.) र क्यान महासंघ कास्कीको तर्फबाट अख्तियार प्राप्त व्यक्ति श्री दुधमान गुरुङ (अध्यक्ष) का बिच तपसिलका स्वास्थ्य सेवामा सुविधा प्रदान गर्ने गरी दुवै पक्ष बिच सम्झौतामा हस्ताक्षर भएको थियो ।
उक्त कार्यक्रम क्यानको तर्फबाट क्यान महासंघका केन्द्रिय सदस्य श्री चिन्तामणि बास्तोला, पुर्व अध्यक्ष श्री गुणानिधि पाण्डे, सचिव महेन्द्र भुर्तेल र मणिपाल शिक्षण अस्पतालको तर्फबाट सम्पर्क प्रमुख अधिकृत श्री कृष्ण मोहन श्रेष्ठ, सहायक व्यवस्थापक संकर वि.जि. पनि रहुनभएको थियो । क्यान महासंघमा आबद्ध सदस्य साथमा परिवार, संस्थामा आबद्ध कर्मचारी सम्पूर्णले क्यान कास्कीले प्रमाणित गरेको आइडि कार्ड पश्चात् सेवा सहज तरिकाले आवश्यक परेमा लिन सक्नेछन् । उक्त सहमति २०८० पुष २४ गतेदेखि २०८१ पौष २३ गतेसम्म लागु हुने साथमा मिति समाप्त भएपछि पनि दुबै पक्षको समझदारीमा नवीकरण गर्न सकिने गरी सम्झौता गरिएको थियो ।