Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

टाइपिङ तथा क्विज प्रतियोगिता २०८१ सम्पन्न

क्यान महासंघ कास्की शाखाले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत क्यान कास्कीका सदस्य संस्थाहरु मध्ये शिक्षा प्रदायक संस्थाहरु बिच टाइपिङ्ग तथा क्विज प्रतियोगिता २०८१ असार ०७ गते ग्यालेक्सी ब्याङ्क्वीट, पोखरा १७, बिरौटामा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री गोर्कण कार्कीको प्रमुख आतिथ्यता र क्यान महासंघ कास्की शाखाका अध्यक्ष श्री दुधमान गुरुङको अध्यक्षतमा सम्पन्न गरेका थियो ।

SEE दिएर कम्प्युटर सिक्ने विद्यार्थीहरु प्रतियोगी रहने सो कार्यक्रम अन्तर इन्ट्रिच्युट प्रतियोगिता रहेको थियो । उक्त टाइपिङ्ग र क्विज प्रतियोगितामा सहभागि विद्यार्थीहरु, क्यानका सदस्यहरु, संस्थाका विद्यार्थी तथा शिक्षक सहित उल्लेख्य सहभागिता थियो । प्रतियोगितामा निम्न लिखित संस्थाका निम्न सहभागि विद्यार्थीहरु बिजेता भएका थिए ।

 

प्रतियोगितामा सहभागी तथा विजयी संस्था साथमा विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल तथा रनिङ्ग शिल्ड प्रदान गरिएको थियो । कार्यक्रम संयोजक तथा क्यानका कार्यसमिति सदस्य श्री बालकृष्ण न्यौपानेको संयोजकत्वमा टाइपिङ्ग प्रतियोगिता र कार्यक्रम संयोजक तथा संस्थाका कार्यसमिति सदस्य श्री ईश्वर चालिसेको संयोजकत्वमा क्विज प्रतियोगिता भएको थियो । साथमा क्यानका प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुँबरले स्वागन मन्तव्य र कार्यक्रम संचालन सचिव महेन्द्र भुर्तेलले गर्नु भएको थियो ।