Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / क्यान महासंघका केन्द्रिय सचिव जगन गुरुङ्ग तथा सदस्य कृष्ण प्रसाद पौडेल सम्मानित

News & Events CAN-Kaski Activities

क्यान महासंघका केन्द्रिय सचिव जगन गुरुङ्ग तथा सदस्य कृष्ण प्रसाद पौडेल सम्मानित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ गण्डकी प्रदेशको आयोजना तथा क्यान महासंघ कास्कीको होस्टिङ्गमा हालै सम्पन्न भएको क्यान महासंघको निर्वाचनमा केन्द्रिय सचिव पदमा निर्वाचित जगन बाहादुर गुरुङ्ग र सदस्य पदमा निर्वाचित कृष्ण प्रसाद पौड्याललाइ एक कार्यक्रमका विच बधाइका साथ सम्मान गरियो । पर्याटकिय नगरी पोखराको फेवातालको आडमा खपौदी स्थित चालिसे डाँडामा रहेको डेस्टिनेशन ग्रिन होमको सभाहलमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेशका अध्यक्ष श्री तुलसीराम पाण्डेको अध्यक्षतामा भएकाृे कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्मानित व्यक्तित्व जगन बहादुर रहनु भएको थियो । क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारीले सम्पूर्ण उपस्थित महानुभावहरुलाइ स्वागत गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन गण्डकी प्रदेशका सचिव केशव राज भटराइले गर्नुभएको थियो । यसैविच माइन्ड फूलनेस विषयमा प्रशिक्षक राजु खड्काले सहभागी सम्पूर्ण उपस्थित माहानुभावहरुलाइ करिव २ घण्टा जीवनपयोगी प्रशिक्षण दिनुभएको थियो त्यसैगरी क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल ज्यू ले लिडरशिप ट्रेनिङ्ग प्रदान गर्नुभएको थियो । कार्यक्रममा निर्वाचितद्धय जगन बाहादुर गुरुङ्ग तथा कृष्ण प्रसाद पौडेलले सम्पूण सहभागी हरुलाइ धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

About autor

biswas Front End.

This news "क्यान महासंघका केन्द्रिय सचिव जगन गुरुङ्ग तथा सदस्य कृष्ण प्रसाद पौडेल सम्मानित" has been uploaded by biswas on 2019-12-16 06:18:53.
Share this news