Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / क्यान इन्फोटेक पोखरामा फागुन ११ देखि, तयारी तिब्र

News & Events CAN-Kaski Activities

क्यान इन्फोटेक पोखरामा फागुन ११ देखि, तयारी तिब्र

आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए । ‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो,’ उनले भने । इन्फोटेकमा आइसिटी प्रोडक्टहरुको प्रदशर्नी एवं बिक्री वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । ‘आइसीटी रोजगारी फर्म वितरण र तालिम संचालन कार्यक्रम हुनेछ,’ उनले भने । आइसीटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुनेछन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोर्वट प्रतियोगिता, आइसिटी म्यूजियम प्रदर्शनी, आइसिटी बिजनेस टक पनि इन्फोटेकको आकर्षण बन्ने भण्डारीले बताए । ‘प्रतियोगिताहरुमा विजयी प्रथम, द्वितीय र तृतीय हुनेहरुका लागि प्रमाण पत्र, ट्रफी तथा आकर्षक पुरस्कारको व्यावस्था गरिएको छ,’ उनले भने ।

About autor

Ishwor Raj Chalise Front End.

This news "क्यान इन्फोटेक पोखरामा फागुन ११ देखि, तयारी तिब्र" has been uploaded by Ishwor Raj Chalise on 2020-01-28 22:29:13.
Share this news