Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

अन्तर इन्स्टिच्यूट टाइपिङ र क्विज प्रतियोगिता

क्यान महासंघ कास्की शाखाले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत क्यान कास्कीका सदस्य संस्थाहरु मध्ये शिक्षा प्रदायक संस्थाहरु बिच टाइपिङ्ग तथा क्विज प्रतियोगिता २०८० जेठ २६ गते गाउँघर इको रेष्टुरेन्ट, सुजनाचोकमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री पवन प्रजापति प्रमुख आतिथ्यता र क्यान महासंघ कास्की शाखाका अध्यक्ष श्री दुधमान गुरुङको अध्यक्षतमा सम्पन्न गरेका थियो ।
क्भ्भ् दिएर कम्प्युटर सिक्ने विद्यार्थीहरु प्रतियोगी रहने सो कार्यक्रम अन्तर इन्ट्रिच्युट प्रतियोगिता रहेको थियो । उक्त प्रतियोगितामा टाइपिङ्ग तर्फ १४ र क्विज तर्फ १३ क्यान महासंघ कास्की शाखाका शिक्षा प्रदायक संस्थाको सहभागि रहेको थियो भने कार्यक्रममा क्यानका सदस्यहरु, संस्थाका विद्यार्थी तथा शिक्षक सहित करिव २०० जनाको उपस्थिती थियो । उक्त प्रतियोगितामा निम्न लिखित संस्थाका निम्न सहभागि विद्यार्थीहरु बिजेता भएका थिए ।
विजेता संस्थाहरु:

हाजिर जवाफ प्रतियोगिता
प्रथम: फेम इन्टरनेशनल एजुकेशन
विद्यार्थीहरुः दिपेन्द्र शर्मा, सुवास अधिकारी, साहिल पौडेल
द्धितिय: ग्लोवल आइटी एजुकेशन
विद्यार्थीहरुः शिल्ला परियार, रश्मी बराल, मेशक बुढाथोकी
तृतिय: सेगा कम्प्युटर लिंक
विद्यार्थीहरुः दिपा शर्मा, विविशा पौडेल, रोनिश थापा

टाइपिङ्ग प्रतियोगिता
प्रथम: ग्लोवल आइटी एजुकेशन
विद्यार्थीः सुक्मित गुरुङ
द्धितिय: सेगा कम्प्युटर लिंक
विद्यार्थीः सक्षम भट्टराई
तृतिय: ओम कामना कम्प्युटर इन्स्टिच्युट
विद्यार्थीः बासना आचार्य

प्रतियोगितामा सहभागी तथा विजयी संस्था साथमा विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल तथा रनिङ्ग शिल्ड प्रदान गरिएको थियो । कार्यक्रम संयोजक तथा क्यानका पूर्व अध्यक्ष श्री युवराज पौडेलको संयोजकत्वमा टाइपिङ्ग प्रतियोगिता र कार्यक्रम संयोजक तथा संस्थाका कार्यसमिति सदस्य श्री वालकृष्ण न्यौपानेको संयोजकत्वमा क्विज प्रतियोगिता भएको थियो । उक्त क्विज प्रतियोगिताको होष्ट माष्टरको भुमिकामा कार्य समिति सदस्य ईश्वर चालिसे रहनु भएको थियो । साथमा क्यानका प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुँबरले स्वागन मन्तव्य र कार्यक्रम संचालन सचिव महेन्द्र भुर्तेलले गर्नु भएको थियो ।