Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

एडभान्स् ग्राफिक्स डिजाइन तालिम सम्पन्न

क्यान महासंघ कास्की शाखाले सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले मिति २०७९ माघ १२ गते देखि माघ २० गते सम्म एडभान्स् ग्राफिक्स डिजाइन तालिम सम्पन्न गरेको थियो । विभिन्न संस्थाका १९ जना सदस्यहरु सहभागि भएको तालिममा गोकर्ण कार्की, सुमन श्रेष्ठ र रमेश रेग्मीले प्रशिक्षार्थिलाई Photoshop, CorelDraw र InDesign Program प्रशिक्षण गर्नुभएको थियो । क्यान महासंघ कास्की शाखाको आफ्नै हलमा सम्पन्न उक्त कार्यक्रम क्यान महासंघका केन्द्रिय सदस्य तथा क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष चिन्तामणि बास्तोलाको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम क्यान महासंघ कास्की शाखाका शिक्षा समिति सदस्य मुकुन्द योगिले संयोजन गर्नुभएको थियो ।