Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

खोप उपलब्ध सम्वन्धी ज्ञापन – पत्र

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ कास्कीमा आबद्ध रहनु भएका सदस्यहरु तथा कर्मचारीहरु सरकारी कार्यालय तथा अन्य संस्थाहरुमा इन्टरनेट जडान , कम्प्युटर प्रिन्टर लगायत अन्य आइसिटी प्रोडक्डहरुको मर्मत तथा जडान गर्न जानु पर्ने साथै प्रशिक्षण केन्द्रहरुमा कम्प्युटर कोर्ष प्रशिक्षण गराउनु पर्ने सदस्यहरुलाइ खोप उपलब्ध गराइदिन हुनका लागि हार्दिक अपिल गर्दै २०७८ भाद्र १३ कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय, कास्की, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जन स्वास्थ्य मन्त्रालय, कास्कीमा ज्ञापन पत्र पेश गरियो ।

उक्त ज्ञापन पत्रमा कार्यसमिति कर्मचारी, संस्थागत र व्यक्तिगत सदस्यहरु गरी जम्मा ५३८ जनाको नामावली विवरण पेश गरिएको थियो । उक्त ज्ञापन पत्र पेश गर्नका लागि क्यान कास्की खोप कार्यक्रम अभियानकी संयोजन तथा कार्यसमित सदस्य श्री सवि शेरचन, संस्थापक अध्यक्ष तथा केन्द्रिय सचिब जगन ब. गुरूङज्यु, कम्प्युटर एसोसियसन नेपाल महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष चिन्तामणी बास्तोलाज्यु, पूर्व अध्यक्ष गुणानिधी पान्डेज्यु, निवर्तमान अध्यक्ष यूवराज पौडेलज्यु र कोषाध्यक्ष विश्व प्रधानज्यु सहभागि रहनु भएको थियो ।