Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

डिजिटल मार्केटिङ तथा रिसेन्ट ट्रेण्ड इन आइटि कार्यक्रम

क्यान महासंघ कास्की शाखाले सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले मिति २०७९ चैत्र१८ गते पोखरा, सृजनाचोक स्थित गाउँघर क्याफेमा १ दिने डिजिटल मार्केटिङ तथा रिसेन्ट ट्रेण्ड इन आइटि सम्बन्धी अभिमुखिकरण कार्यक्रम क्यान महासंघ कास्कीका अध्यक्ष दुधमान गुरुङको अध्यक्षतामासम्पन्न गरेको थियो । उक्त कार्यक्रममा६० जना सहभागि भएका थिए भनेस्रोत व्यक्तिका रुपमा इ. राजेन्द्र बहादुर थापा र इ. तारा बहादुर थापाले सहजिकरण गर्नुभएको थियो ।


उक्त कार्यक्रम क्यान महासंघ गण्डकी प्रदेशका सदस्य तथा प्रदेश प्रतिनिधि कृष्ण राज पोखरेल, क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरुङ, क्यान महासंघ कास्कीका पूर्व अध्यक्षहरु इविन्द्र राज तिवारी, चण्डी प्रसाद अर्याल, गुणानिधी पाण्डे लगायतको उपस्थिति रहेका थियो । लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम साङ्पोको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम क्यान महासंघ कास्कीका प्रविधि विकास समितिका संयोजक राजेन्द्र थापाले संयोजन गर्नुभएको थियो ।