Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

दृष्टिविहिनलाई निःशुल्क कम्प्युटर तालिम सम्पन्न

क्यान महासंघ कास्की शाखाको सामाजिक उत्तरदायित्व अन्तर्गत ‘दृष्टिविहिनलाई निःशुल्क कम्प्युटर तालिम (माग २२ – चैत्र १७) कार्यक्रम’ मिति २०७९ चैत्र १८ गते पोखरा, सृजनाचोक स्थित गाउँघर क्याफेमा क्यान महासंघ कास्कीका अध्यक्षश्री दुधमान गुरुङको अध्यक्षतामा र लायन्स क्लव अफ पोखरा अन्नपूर्णकापूर्व अध्यक्षश्री सोनाम साङ्पोको प्रमुख आतिथ्यतामा सम्पन्न भयोे । उक्त तालिममा २० जना प्रशिक्षार्थिहरु सहभागि भएका थिए भने स्रोत व्यक्तिका रुपमा श्री छवि आले, श्री दिपक अधिकारी र श्री कल्पना बास्तोलाले सहजिकरण गर्नुभएको थियो । उक्त तालिम क्यान महासंघमा आबद्ध भएका संस्थाहरुमा विभिन्न स्थान अमरसिंह चोक स्थित सेगा कम्प्युटर लिंक, बगर स्थितआइटि गार्डेन कम्प्युटर इन्टिच्यूट र शिशुवा स्थितओम कामना कम्प्युटर इन्टिच्यूटमा संचालन भएको थियो ।

उक्त कार्यक्रमप्रमुख अतिथी लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्षश्री सोनाम साङ्पो,नेपाल नेत्रहिन संघ गण्डकी प्रदेश अध्यक्ष श्री लक्ष्मण सुवेदी, क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल, प्रशिक्षार्थी, प्रशिक्षक लगायतले बोल्नुभएको थियो । तालिम व्यवस्थापन समितिका संयोजक श्री घननाथ सापकोटाले संयोजन गर्नुभएकोउक्त कार्यक्रममा क्यान महासंघ कास्कीका प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुंवरले स्वागत मन्तव्य दिनुभएको थियो भने उक्त कार्यक्रम संचालन सचिव श्री महेन्द्र भुर्तेले गर्नुभएको थियो ।