Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

नववर्ष को शुभकामना आदान प्रदान कार्यक्रम

क्यान महासंघ कास्की शाखाको आयोजनामा मिति २०८० बैशाख ५ गते यस संस्थामा आबद्ध सदस्यहरुको उल्लेख्य सहभागितामा नव वर्ष २०८० को अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम क्यान महासंघ केन्द्रीय सदस्य तथा क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष श्री चिन्तामणी बास्तोलाको प्रमुख आतिथ्यता र श्री दुधमान गुरुङको अध्यक्षतमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, क्यानमा आवद्ध सदस्यहरुले एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुंवरले राख्नु भएको थियो भने कार्यक्रम संचालन सचिव महेन्द्र भुर्तेलले गर्नुभएको थियो ।