Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

प्रभातफेरी कार्यक्रम (ICT Day, May 2)

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (ICT Day, May 2) का दिन क्यान महासंघ, कास्की शाखाले संस्थाका कार्यवाहक अध्यक्ष श्री पुरुषोत्तम कुंबरको अध्यक्षतामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो । “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मुल नाराका साथ  पोखरा महानगरपालिका (क्यान कास्कीको कार्यालय) बाट सुरु भएको प्रभातफेरी कार्यक्रम पोखरा न्यूरोड हुदैँ सभागृहमा पुगि सम्पन्न भएको थियो ।

क्यान महासंघका केन्द्रिय सदस्य श्री चिन्तामणि बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व अध्यक्षहरु, संस्थामा आबद्ध भएका सदस्य, शिक्षक, आइसिटी सहकारी साथमा शिक्षा प्रदायक संस्थाहरु

मा अध्ययनरत विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि, क्यानका पूर्व अध्यक्षहरु, आइसिटि सहकारीका सचिव लगायतले आइसिटी दिवसको शुभकामना दिनुभएको थियो । क्यान महासंघ कास्कीका सदस्य श्री दिपक राज गिरीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव श्री महेन्द्र भुर्तेलले संचालन गर्नुभएको थियो ।