Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

बनभोज कार्यक्रम सम्पन्न

मिति २०७९ माघ २१ गते शनिबार, महतगौंडा, पोखरा–१७ स्थित कम्प्युटर एशोसिएसन महासंघ कास्की शाखाको वार्षिक कार्यक्रम अन्तर्गत यस संस्थामा आवद्ध भएका सदस्यहरुको बिचमा भाईचारा एवं आत्मीयता अभिबृद्धि गर्ने लक्ष्य सहित सधैंका वर्षहरुमा जस्तै यस वर्ष पनि वनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष श्री दुधमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन क्यान महासंघ कास्की शाखाका सहसचिव श्री सुरेश सापकोटाले गर्नुभएको थियो । विभिन्न संस्थाका ४० जना सदस्यहरुको उस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा रमाईलो खेलकुद गतिविधि पनि भएका थिए । उक्त खेलमा प्रथम र द्धितिय हुनेलाई पुरस्कार प्रायोजन Cosmic Computing Solutions र Pandey Computer Suppliers गर्नुभएको थियो