Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

वार्षिक उत्सव, सम्मान तथा प्रिन्टर हस्तारण कार्यक्रम

मिति २०७९ भाद्र १६ गते क्यान महासंघ कास्की शाखा स्थापनाको १४ औं वार्षिकोत्सव यस संस्थाका प्रथम
उपाध्यक्ष श्री आशीष गुरुङज्यूको अध्यक्षता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमा यस संस्थाका संस्थापक अध्यक्ष श्री
जगन वहादुर गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणानिधि पाण्डे, चिन्तामणि वास्तोला, निर्वतमाान
अध्यक्ष श्री युवाराज पौडेल, आइसिटी सहकारी अध्यक्ष श्री सवि शेरचन, मानवसेवा आश्रम कास्की जिल्ला संयोजक श्री
सदिस पुन तथा सदस्यहरूको उपस्थितिमा केक काटेर वार्षिक उत्सव मनाइयो । कार्यक्रममा स्वागत मन्त्व्य का.स. सदस्य
तथा संयोजक श्री चन्द्रमणि गौतमले गर्नु भएको थियो ।
यस कार्यक्रममा पूर्व अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठ ज्यूलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित उहाँको अध्यक्ष
कालमा क्यान महासंघ कास्कीमा लागू भएको हालोग्राम, मेम्वरसिप सर्टिफिकेट, कोर्षबुक, फ्रि वाईफाई जोन लगायत
विभिन्न उत्कृष्ट कार्यहरू गरीे क्यान कास्कीलाई दिनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै दोसल्ला ओडाएर
सम्मान गरिएको थियो ।