Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

वार्षिक साधारण सभा सम्पन्न

क्यान महासंघ कास्की शाखाको १३ औं वार्षिक साधारण सभा २०७७ फागुन १ शनिवार ग्यालेक्सी ब्याङ्क्वीट, पोखरा १७, बिरौटामा यस संस्थाका अध्यक्ष श्री रुक्मागत भण्डारी विश्वासको अध्यक्षता तथा प्रमुख आतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननिय हरि वहादुर चुमाङ रहनु भएको कार्यक्रममा
क्यान महासंघ नेपालका केन्द्रिय सचिव तथा क्यान कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरुङ, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष चिन्तामणी वाँस्तोला, क्यान महासंघ पर्वत जिल्ला अध्यक्ष खड्क बहादुर गुरुङ, संस्थाका पूर्व अध्यक्षहरु इविन्द्रराज तिवारी, चण्डी प्रसाद अर्याल, गुणनिधी पाण्डे निर्वतमान अध्यक्ष युवराज पौडेल लगायतले आफ्ना भनाईहरु राख्नु भएकाो थिायो साथै साधारण सभाले सचिव सेवक क्षितिजले प्रस्ततु वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विश्व प्रधानको आर्थिक प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक दिनेश लामिछानेले प्रस्तुत गर्नुभएको प्रतिवेदन, लेखा समिति संयोजक मातृका पोखरेल ज्यूले प्रस्तुत गर्नुभएकोे प्रतिवेदन पारित गरिएको थियो ।