Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

शिक्षा प्रदायक संस्थाहरुमा घरदैलो अभियान कार्यक्रम

क्यान महासंघ कास्की शाखाले संस्थामाआबद्ध भएकाशिक्षा प्रदायक संस्थाहरुमा शिक्षाको गुणस्तर, क्यानबाट प्रकाशित बुकको प्रयोग, होलोग्राम, मार्कसिटको प्रयोग, शुल्क निर्धारण लगायत संस्थागत गुनासातथा सुझाब संकलनको लागि घरदैलो अभियान चलाएको थियो । उक्त अभियान मिति २०७९ चैत्र २१ गतेदेखि चैत्र २६ गतेसम्मक्यान महासंघ कास्की शाखा, शिक्षा समितिका संयोजक श्री मुकुन्द योगिको संयोजकत्वमा भएको थियो । सो अभियानमा संस्थाका अध्यक्ष श्री दुधमान गुरुङ, पूर्व अध्यक्ष श्री युवराज पौडेल, प्रथम उपाध्यक्ष, सचिव, सहसचिव, कार्यसमिति सदस्यहरु शिक्षा प्रदायक अधिकांश संस्थामा पुगी, भेट हुन नसकेका संस्थामा फोन सम्पर्क गरि गुणस्तर उकास्नका लागि अभियान सम्पन्न भएको थियो ।