Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

सहकारी दर्ता

“सुचना, सञ्चार र प्रविधिमा सहकारी, परिवर्तन र समृृद्धिमा साझेदारी” भन्ने मूल नारा र उद्देश्यका साथ यस क्षेत्रमा रहेका आईसिटिसँग सम्वन्धित व्यवसायिक सदस्यहरूबीच व्यवसाय प्रवद्र्धन गर्ने, सदस्यहरूको क्षमता विकासका कार्यक्रम ल्याउने, उद्योग तथा व्यवशाय सञ्चालनमा ल्याउने, विभिन्न आयमुलक व्यवसयको शुरुवात गर्ने उद्देश्यले २०७२ सालमा क्यान महासंघ कास्कीका तत्कालिन अध्यक्ष श्री चिन्तामणि बास्तोला ज्यूले यसको परिकल्पना गरी तदर्थ समिति संयोजक श्री कृष्णराज पोखरेल ज्यूलाई चयन गरिएको थियो । विविध कारणले संस्थाको दर्ता प्रकृया अगाडि नबढेको अवस्थामा यसको मुख्य भूमिकामा पूर्व अध्यक्ष श्री गुणानिधि पाण्डे ज्यू तथा पूर्व अध्यक्ष युवराज पौडेल ज्यूले लिनुभएको थियो । संस्था सञ्चालनको लागि आवश्यक अफिसको भौतिक संरचना तथा शेयर रकम उठाउने तथा लगानी गर्ने कामहरू
भएता पनि औपचारी रुपमा दर्ता नभएको अवस्थामा क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास) ज्यूको कार्यकालमा दर्ताका लागि कार्यसमिति सदस्य सबि शेरचनलाई २१ औं बैठकको निर्णय अनुसार संयोजक चयन गरिएको थियो । विनियम लेखन, आवश्यक कागज तयारीको लागि सचिव सेवक क्षितिज, सह–सचिव महेन्द्र भुर्तेल, सदस्य घननाथ सापकोटाको टिमले कार्य सम्पन्न गर्नु भएको थियो । पूर्व अध्यक्ष, सल्लाहकार ज्यूहरू तथा कार्यसमिति सदस्य तथा यहाँहरू सम्पूर्णको हौसाला, साथ तथा सहयोगले गर्दा नै विधिवतरुपमा २०७८ पुष १६ गते पोखरा महानगरपालिकाको सहकारी शाखामा दर्ता भई २०७८ माघ २४ गते पो. म.न.पा.का उपमेयर श्री मञ्जुदेवी गुरुङले समुद्घाटन भएको थियो ।