Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

सहयोग हस्तान्तरण सम्बन्धमा

क्यान महासंघ कास्की शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठको स्वास्थ्य समस्याका कारण विगत लामो समयदेखि उपचाररत रहनुभएको थियो । उपचारका क्रममा अत्याधिक धनराशि खर्च भएको हुनाले क्यान महासंघ कास्कीसँग सहयोगको लागी उहाँको परिवारले अनुरोध गर्नुभएको थियो । तसर्थ क्यान महासंघ कास्की शाखाका कोषाध्यक्ष रुद्रनाथ न्यौपानेको संयोजकत्वमा क्यान महासंघ कास्कीका अध्यक्ष श्री दुधमान गुरुङ, क्यान महासंघ नेपालका केन्द्रीय सदस्य तथा क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष श्री चिन्तामणि बास्तोला, क्यान महासंघ कास्कीका प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुंबर, सचिव महेन्द्र भुर्तेल, सदस्य घननाथ सापकोटा उहाँकै निवासमा पुगी संस्थामा आबद्ध इच्छुक सदस्यबाट संकलित रकम १,००,२३५/– (अक्षेरुपी एक लाख दुई सय पैत्तिस रुपैयाँ मात्र) मिति २०७९/१२/२० गते हस्तान्तरण गरिएको थियो ।