Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

साइबर क्राइम्, साइबर सिक्युरटी र डिजिटल सिग्नचर्

क्यान महासंघ कास्की शाखाको आयोजना र Gandaki Province Academy of Science and Technology (GPAST) पोखराको आर्थिक सहयोगमा मिति २०८० जेठ १३ गते गाउँघर इको रेष्टुरेन्टमा GPAST पोखराका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीको प्रमुख आतिथ्यता र श्री दुधमान गुरुङको अध्यक्षतमा साइबर क्राइम्, साइबर सिक्युरटी र डिजिटल सिग्नचर् कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्यान महासंघका अध्यक्ष श्री रणजित कुमार पोदार विशेष अतिथिको रुपमा रहनु भएको थियो ।

उक्त कार्यक्रममा सूचना प्रविधिसंग सम्बन्धित नेपाल सरकारका विभिन्न निकायका सूचना अधिकारी, कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर, विद्यालयका शिक्षक, क्यान कास्कीका सदस्य लगायत जम्मा ४९ जनाले उक्त प्रशिक्षक प्रशिक्षण तालिम लिनुभएको थियो । उक्त तालिममा विविध विषयवस्तुमा प्रशिक्षण भएको थियो । जसमा सूचना प्रविधि क्षेत्रमा समसामयिक विषयवस्तु माथि प्रकाश GPAST पोखराका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले, साइबर क्राइम विषयमा प्रशिक्षण जिल्ला प्रहरी कार्यालय, प्रहरी नायव उपरिक्षक श्री श्रवण कुमार वि.क.ले, साइबर, सिक्युरटी विषयमा प्रशिक्षण संचार तथा सूचना प्रविधि मन्त्रालयका कम्प्युटर इन्जिनीयर श्री सरोज पोखरेलले र डिजिटल सिग्नचर् विषयमा प्रशिक्षण प्रमाणीकरण नियन्त्रकको कार्यालयका कम्प्युटर इन्जिनीयर श्री सतिस सुवेदीले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुंवर, कार्यक्रम माथि प्रकाश कार्यक्रम संयोजक तथा कोषाध्यक्ष श्री रुद्र न्यौपान र कार्यक्रम संचालन सचिव श्री महेन्द्र भुर्तेलले गर्नुभएको थियो ।