Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

१५ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन

क्यान महासंघ कास्की शाखाको १५ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन २०७९ मंसिर १८ गते शनिवार ग्यालेक्सी ब्याङ्क्वीट, पोखरा १७, बिरौटामा यस संस्थाका अध्यक्ष श्री रुक्मागत भण्डारी (विश्वास) को अध्यक्षता सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको खुल्ला सत्रमा प्रमुख आतिथि गण्डकी युनिर्भसिटिका उपकुलपति प्रोफेसर डा. नवराज देवकोटा, क्यान महासंघ नेपालका सचिव तथा क्यान कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरुङ, क्यान महासंघ नेपालका सह–कोषाध्यक्ष तथा केन्द्रिय प्रतिनिधी चन्द्र बिलास भुर्तेल, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष चिन्तामणी वाँस्तोला,
संस्थाका पूर्व अध्यक्षहरु इविन्द्रराज तिवारी, चण्डी प्रसाद अर्याल, गुणनिधी पाण्डे, निर्वतमान अध्यक्ष युवराज पौडेल लगायत संस्थाका पदाधिकारी र सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । प्रमुख आतिथि गण्डकी युनिर्भसिटिका उपकुलपति प्रोफेसर डा. नवराज देवकोटाले प्रमुख अतिथिको मन्तव्य दिनभएको थियो साथै साधारण सभाले सचिव सेवक क्षितिजले प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विश्व प्रधानको
आर्थिक प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक दिनेश लामिछानेले प्रस्तुत गर्नुभएको प्रतिवेदन, लेखा समिति संयोजक मातृका पोखरेल ज्यूले प्रस्तुत गर्नुभएका प्रतिवेदन छलफल गरि पारित गरिएको थियो

यसै गरि निर्वाचन मण्डलका संयोजक मुक्ति अधिकारी, सदस्यहरु विकास भुर्तेल र एकनारायण चपाईको समन्वयमा उक्त अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले क्यानका सम्पूर्ण पदाधिकारीलाई सर्वसम्मत चयन गरेको थियो । क्यानको नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष
दुधमान गुरुङ (आशिष), प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर, द्वितीय उपाध्यक्ष सेवक क्षितिज, सचिव महेन्द्र भुर्तेल, कोषाध्यक्ष रुद्रनाथ न्यौपाने, सहसचिव सुरेश सापकोटा र सदस्यहरुमा दिपकराज गिरी, घनश्याम गौतम, हरिकृष्ण शर्मा, बालकृष्ण न्यौपाने, गोविन्द प्रसाद रिजाल, दामोदर डुम्रे चयन भएका थिए । क्यान महासंघ नेपालका सह–कोषाध्यक्ष तथा केन्द्रिय प्रतिनिधी चन्द्र बिलास भुर्तेल ले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकालको शुभकामना दिनुभएको थियो ।